एमाले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रियसभा सदस्य दसौंदी
काठमाडौं । नेकपा एमालेका सांसद कुमार दसौंदीले एमालेले मुलुकमा तस्करहरुको ढोका बन्द गर्न चाहेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद् दसौंदीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म एमाले पछाडि नहट्ने बताए ।
उनले भने ‘नेकपा एमालेले संसदलाई बन्धक बनाएर भाष्य निमार्ण गर्न खोजेको छैन । हामीले जुन दिनदेखि सुन काण्डको विषय आयो त्यसै दिन देखि उच्चस्तरीय छानविन समिति बन्नुपर्छ र छानविन हुनुपर्छ भनेका छौं । तस्करहरुको ढोका बन्द गर्नुपर्छ, हामीले माग गरेका हौं ।’
राष्ट्रिय सभा सदस्य दसौंदीले सरकार यसबाट भाग्न खोजिरहेको आरोप लगाउँदै भने ‘आज २०–२२ दिन भइसक्यो अनि बीचमा आएर सरकारले सिआईबीको नाममा गोलमटोल गरेर पन्छाउन खोजिरहेको छ । के गठबन्धन सरकार भनेको सधैंभरि तस्करी गर्न बनेको हो ?’
प्रकाशित समय १६:२६ बजे





















