सत्तापक्ष नै लुटपाट र भ्रष्टाचारमा लागेको चित्रबहादुर केसीको आरोप
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८० को सम्बन्धको छलफलमा सभापति केसीले यसरी राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको टिप्पणी गरे ।
सिंहदरबारमा बसेको बैठकमा उनले भने- अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ? कुन व्यक्तिभन्दा पनि सत्ता नै लुटपाटमा लागेपछि गाह्रो छ । तर हरेस खानुहुन्न । त्यस्तै नेपाली कांग्रेसका नेता दिलेन्द्र बडुले सुन प्रकरणको छानविनमा सरकारलाई सघाउनु पर्ने बताए । सुन प्रकरण अन्तर्राष्ट्रिय जगतको यो बढी चिन्ताको विषय बनेकाले संलग्न दोषीहरुलाई कानूनको कठघरामा ल्याउन नसके जनताको र मुलुकप्रतिको दृटिकोण नकारात्मक हुने चिन्ता व्यक्त गरे ।
उनले भने- सुन प्रकरणमा संलग्न दोषीहरुलाई कानूनको कठघरामा ल्याउन सकेनौ भने यो मुलुकप्रतिको दृटिकोण जनताको र अन्तर्राष्ट्रिय जगतको यो बढी चिन्ताको विषय बनेको छ । जनताले पनि हामीलाई यो कुरामा मुल्यांकन गरिरहेका छन्, त्यसैले हामीले सरकारलाई सघाउनु पर्छ । साथै उनले उक्त प्रकरणको छानविन समिति गठनको एजेण्डा समितिअन्तर्गत नपर्ने हुनाले नबनाउन आग्रह गर्दै भने- ‘छानबीन समिति गठनको कुरा संसद्अन्तर्गत रहेकाले समितिमा त्यसलाई एजेण्डाको रुपमा बनाउन मिल्दैन, आवश्यक पनि छैन।’
प्रकाशित समय १६:३५ बजे




















