1100×100 Nabil Advert

मुसो पस्यो भनेर बाहिर आएका कुरा सत्य नहोउन्  : डा. खतिवडा

काठमाडौं । पर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा स्वार्थ समुहको संलग्नताबारे प्रश्न उठाएका छन् । इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खतिवडाले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको आग्रह पुर्वाग्रहले काम गरेको भन्ने कुरा आएको भन्दै त्यो असत्य होस भन्ने कामना गरे ।

 

‘बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको आग्रह पूर्वाग्रहमा त्यस्तो नगर्नुपर्ने हो’, उनले भने, ‘बजेटमा मुसो पस्यो भनेर बाहिर आएका कुरा सत्य नहोउन् ।’ सुन्दा राम्रो भए पनि आर्थिक ऐनको पाना पल्टाउँदै जाँदा यसको असर देखिने उनको भनाई छ ।

 

बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन । पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाइ छ । हेर्दा भन्दा रिजल्टमा राम्रो देखिनु पर्ने भन्दै उनले आफ्नो पालामा बजेटको आकार बढाउनु बाध्यता थियो भने । ६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाइ छ ।

 

प्रकाशित समय ११:२९ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु