V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

करबारेको भ्रम चिर्न इमानले गर्‍यो आन्तरिक राजस्व विभागसँग अन्तरक्रिया

महानिर्देशक मैनाली भन्छन् : करबारे यथार्थ सबैलाई बुझाउन जरुरी छ

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले करका बारेमा भएका भ्रमहरु चिर्न र वास्तविकता सबै जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । करका बारेमा विभिन्न किसिमका चर्चा–परिचर्चा भएपछि ती विषयहरुलाई स्पष्ट पार्दै सर्वसाधारणलाई सही सूचना पुग्नुपर्छ भन्ने आर्थिक मिडिया सञ्चालक संघ (इमान)को धारणा रहेको छ । करको विषयमा रहेका भ्रमहरुलाई चिर्नका लागि इमानले आन्तरिक राजस्व विभागसँग ‘परिवर्तित करः भ्रम र यथार्थ’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सो अवसरमा बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले परिवर्तित करका विषयमा बाहिर चलेको हल्लामा सत्यता नभएको बताए । मैनालीले भने– ‘परिवर्तित करका विषयका अहिले थरीथरीका विश्लेषण सुन्न पाइन्छ । त्यसमा केही सत्य पनि छन्, केही आधारहीन पनि छन् । जुन कुरा राज्यले सबैलाई बुझाउन जरुरी छ ।’ उनले कतिपय बाहिरबाट ल्याउने वस्तुहरुमा केही कर बृद्धि गरेर देशभित्रै ती सामाग्रीहरु उत्पादन गर्न प्रोत्साहन गर्ने नीति पनि लिएको बताए ।

महानिर्देशक मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताए । नेपाल सरकारले भ्याट लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेपछि हवाई टिकटको मूल्य पनि १३ प्रतिशतले बढ्छ भन्ने तर्क गलत भएको बताउँदै मैनालीले हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतले बढ्ने बताए ।

प्रकाशित समय २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010