1100×100 Nabil Advert

कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनको बेला मतदाताबीच गएर रुखमा होइन चर्खा, साइकलमा मत हाल भनेर मत माग्दा कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताएका छन् । उनले नेपाली कांग्रेस अब कुनै पनि पार्टीसँग गठबन्धन गरेर अगाडि नबढ्ने समेत बताए । नेपाली कांग्रेस संघीय सभा क्षेत्र नं. २ कार्यसमिति ललितपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भुईमा बस्नु परे बसौला, मञ्च नपाए सडकमा बसौला तर कुनै पार्टीसँग तालमेल गरेर चुनावमा जाने गल्ती कांग्रेसले अब नगर्ने बताए । उनले अब पार्टीलाई सच्चाउने घोषणा र संकल्प कांग्रेसले गर्नै पर्ने बताए ।

उनले भने, अब गरेको गल्तीलाई सुधार गर्दै आम जनतासँग माफी माग्दै, यो कांग्रेसले घोषणा गर्छ, गर्नुपर्छ यो पटक जीवनमा चुनाव हारे हारिन्छ दुई पटक, तीन पटक हारिन्छ तर जीवनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर अगाडि बढ्दैन् । तालमेल गर्दैन, भुईमा बस्नु परे बसौला, मञ्च नपाए सडकमा बसौला, तर गर्दैनौ, यो गल्ती जुन स्थानबाट भएको छ, सच्याउने काम त्यहीबाट गर्नुपर्छ । कांग्रेसले यो घोषणा गर्छ, संकल्प गर्नै पर्छ ।’

महामन्त्री थापाले विधिको शासन कांग्रेसको शक्ति भएको भन्दै कानूनको शासनको वकालत गर्दै गर्दा सरकार गए पनि फेरि उठाउने उल्लेख गरेका छन् । उनले भने ‘विधिको शासन कांग्रेसको शक्ति हो, यो कानुनको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्तो सरकार गएर केही पनि हुँदैन । अर्को सरकार आउँछ । कानूनको शासनमा कांग्रेसले सम्झौता गर्दैन भनेर स्थापित गर्न सकेनौं भने आफ्नो सिद्धान्तमा सम्झौता गर्दै गयो भने कांग्रेसको चरित्र नराम्रो बन्दै जान्छ ।’

प्रकाशित समय १४:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु