1100×100 Nabil Advert

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय साधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले सुन्दर अटो इञ्जिनियरिङ् प्रालिद्वारा आफ्नै डिजाइनमा तयार गरिएको नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘गन्तव्य’को उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् ।

 

मन्त्री बस्नेतले भने– ‘उर्जामा सबैको पहुँच र उर्जा सुरक्षालाई सुनिश्चित गर्ने कुरामा, जलस्रोतमा आधारित उर्जाबाट मुलुकको समृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले यसलाई व्यापक बनाउने सरकारको प्राथमिकताको विषय हो । सरकारले विद्युतीय साधनको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ ।’ मन्त्री बस्नेतले पेट्रोलियम सवारीलाई विद्युतीय बनाउने प्रयासले नेपाल र नेपाली दुवैले फाइदा लिन सक्ने भन्दै काठमाडौं लगायत अन्य क्षेत्रमा ट्रली बस सञ्चालनका लागि सरकार सक्रिय रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सुन्दर अटो इन्जिनियरिङले नेपालमै इलेक्ट्रिक मोटरसाइकलको उत्पादन गरेर ऊर्जा आयातलाई क्रमशः कम गराउँदै लैजाने कार्यमा सघाउ पुर्‍याउन भूमिका खेलेकोमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालाई धन्यवाद दिएका थिए । सरकारले समेत आगामी दिनमा चार्जिङ स्टेशन निर्माणदेखि अन्य विभिन्न समस्याहरुलाई समाधान गर्न निरन्तर सहयोग गर्ने बताए । सचिव घिमिरेले सरकारको नीतिअनुसार निजी क्षेत्रबाट विभिन्न समस्याका बाबजुद पनि विद्युतीय सवारी साधनहरुको सञ्चालन, उत्पादनको कार्य गरेकोमा सुन्दर यातायातका अध्यक्ष थापालाई विशेष धन्यवाद दिए ।

कार्यक्रममा अध्यक्ष थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर कार्य गरिदिन मन्त्री बस्नेत तथा सचिव घिमिरेलाई आग्रह गरे । सुन्दर यातायातले विद्युतीय सवारी साधन उत्पादन तथा बाइकको नामाकरण, कम्पनीको नामाकरण लगायतका कार्यक्रममा भूमिका खेलेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरुमा क्रसचेकका सम्पादक टंक कार्की, सञ्चारकर्मीहरु टीपी भुसाल र अमित ढकाल थिए ।

प्रकाशित समय ०८:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु