V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

चौतर्फी दबाबपछि राष्ट्रवादी चलचित्र ‘काँडेतार’माथिको प्रतिबन्ध सेन्सर बोर्डले फुकायो

काठमाडौं । चौतर्फी दबाबपछि सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र ‘काँडेतार’लाई नेपाल सरकार सेन्सर बोर्डबाट फुकुवा गरेको छ । सामाना फिल्मस् प्रालि तथा चलचित्र ‘काँडेतार’ परिवारको तर्फबाट नवल खड्का र सत्यकला राईले विज्ञप्ति जारी गर्दै सेन्सर बोर्डले फुकुवा गरेकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुले सेन्सर फुकुवा प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।

 

जारी विज्ञप्तिमा भनिएको छ– ‘यस अवसरमा चलचित्रको निर्माणदेखि सेन्सर फुकुवासम्मका प्रक्रियामा आ–आफ्नो स्थितिबाट सहयोग पु¥याउनु हुने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, नेकपा एमालेका वरिष्ठ नेता डा.भीम रावल, माओवादी केन्द्रका महासचिव देव गुरुङ्ग, राप्रपाका प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाही, सामाजिक अभियन्ता प्रा.डा. सुरेन्द्र केसी, ध्रुव खड्का, कोमल भट्टराई, दयाराम दाहाल, के एल पीडित, डा.सुरेन्द्र ढकाल, विभिन्न पार्टीका भ्रातृ संगठनका अध्यक्षहरु लगायत देशविदेशमा रहनुभएका सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।’

 

देशभक्तिले ओतप्रोत चलचित्रहरु निर्माण गर्दै आएका निर्माता नवल खड्काले यसअघि निर्माण गरेका चलचित्रहरुमा विभिन्न किसिमका अवरोधहरु खेप्दै आएका थिए । ढिलै भए पनि सेन्सर बोर्डले विभिन्न बहाना बनाएर सेन्सर पास नगरेको चलचित्र ‘काँडेतार’लाई दबाबको सामना गर्न नसकी पास गरेकोमा निर्माण पक्ष खुशी छ । नेपाल र नेपालीत्वको भावना बृद्धि गर्न सम्पूर्ण नेपालीले यस्ता चलचित्रहरुलाई पहिलो प्राथमिकता दिएर हेर्नुपर्छ, एक समाजसेवीले भने ।
सेन्सर फुकुवा भएपछि चलचित्र काँडेतारको प्रदर्शन मिति एक कार्यक्रम आयोजना गरिने जानकारी गराइने पनि निर्माताले जनाएका छन् ।

 

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010