1100×100 Nabil Advert

सबै उद्योगी–व्यवसायीको भावनाको प्रतिनिधित्व गर्न सक्छु : उमेशलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षका प्रत्यासी, एफएनसीसीआई (भिडियोसहित)

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले आफू ग्रासरुटबाट आएको मान्छे भएकाले सबै उद्योगी–व्यवसायी भावनाको प्रतिनिधित्व गर्नसक्ने दावी गरेका छन् । उनले भने– ‘म ग्रासरुटबाट आएको मान्छे हुँ, मैले सबै उद्योगी–व्यवसायीको भावनाको प्रतिनिधित्व गर्न सक्छु ।’

यही चैत अन्तिम साता हुन गइरहेको एफएनसीसीआईको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरिरहेका श्रेष्ठ पूर्व उपाध्यक्षसमेत हुन् । निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विधानमै व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्षको निर्वाचन निकै नै महत्वपूर्ण हुने गर्दछ । एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठसँग गरिएको भिडियो वार्ता तलको लिंकमा हेर्नुहोला ।

प्रकाशित समय ०८:४८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु