1100×100 Nabil Advert

संसदलाई सरकारले महत्व नदिएको सांसद पन्तको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदलाई सरकारले महत्व नदिएको उल्लेख गरेका छन् । आज संघीय संसद भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गरेर संसदको अपहेलना भएको बताए ।
‘संसदको गरिमा त्यतिबेला बढ्छ जब सरकार जन्माउने यो संसदलाई प्रधानमन्त्री सरकारले महत्व दिन्छ, संसदभित्र आउने संसदमा उपस्थित हुँदा–हुँदै प्रधानमन्त्रीले प्रस्तुत गर्ने विधेयक अर्को मन्त्रीलाई ट्रान्सफर गर्नुको औचित्य यो संसदको गरिमालाई अपहेलना गर्नु हो । शून्य समयमा उठेको प्रश्नको उत्तर दिन र आजको विधेयक प्रधानमन्त्री आफैंले प्रस्तुत गर्न रुलिङ होस ।’ शून्य समयमा उठेको प्रश्नहरुको उत्तर दिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका हुन् ।

प्रकाशित समय १५:०२ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु