V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सरकार कसका लागि काम गरीरहेको छ ? एमालेका सचेतक बर्तौलाको प्रश्न

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले यो सरकार कसको लागि काम गरिरहेको छ भनेर प्रश्न गरेका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले जनताको पक्षमा काम नगरेको भन्दै प्रश्न उठाएका हुन् ।

किसानको ढाड सेक्ने गरी मलमा मुल्य वृद्धि गरेको र मलमा आउदै गरेको अनुदान कटौती गरेकाले सरकार कस्को भन्ने प्रश्न उठेको उनको भनाई छ । उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?

नेपालका किसानहरुलाई एक बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी मलमा मुल्य वृद्धि गरेको छ । मलमा पाउदै गरेको अनुदान कटौती गरेको छ । कहिले सम्म सरकारबाट नेपालका किसानहरुले यस प्रकारको ज्यादती पूर्ण अन्याय सहनु पर्ने हो ।

 

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010