सबै प्रतिनिधिसभा सदस्यले शतप्रतिशत विश्वासको मत दिने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदका सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । आज संसद भवनमा भएको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिंदै आफूले शतप्रतिशत विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन् । उनले भने ‘मैले त आशाको कुरा गर्ने गर्दा त पहिला ९९ दशमलव २५ प्रतिशत थियो भोलि सय नै हुन्छ भन्ने आश छ ।’
भोलिको संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत लिने तयारीमा छन् ।
प्रकाशित समय १६:४८ बजे