1100×100 Nabil Advert

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ को आयोजना हुने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा आज माछापुच्छ्रे बैंक लिमिटेड र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच हस्ताक्षर भएको छ । कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ को मुख्य प्रायोजक माछापुच्छ्रे  बैंक लिमिटेड रहने गरी हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा माछापुच्छ्रे  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुर्नामेटको नाम माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’ टुर्नामेन्ट रहनेछ ।
सम्झौता कार्यक्रममा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकूद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकूदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । उनले माछापुच्छ्रे बैंकले देशभरमा २७१ भन्दा बढी सेवा सञ्जालमार्फत् आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको बताए । माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिग सेवामात्र नभएर अन्य थुप्रै कार्यहरुमा सहभागिता जनाउँदै आएको बताउँदै खेलकूद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने शर्माले बताए । प्रमुखकार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस टुर्नामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएरमात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।
माछापुच्छ्रे बैंक लिमिटेडले देशभरका आफ्ना १४१ वटा शाखाहरु, १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरुमार्फत् बाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

प्रकाशित समय २१:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु