MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

श्रेष्ठको जित निश्चित भएपछि कोरियाका सिटौला गुरुङसँग पैसामा बिके

एनआरएनको विश्व सम्मेलन तथा महाअधिवेशनमा नेतृत्व हात पार्ने नाममा पैसाको चलखेल ठूलै देखिएको छ । बुधबारसम्म निर्वाचनमा उम्मेदवारी दिएका केही उम्मेदवारले मोटो रकम लिएर फिर्ता गरेका छन् ।

मोटो रकम बुझेर आफ्नो उम्मेदवारी फिर्ता लिने महान एनआरएन हुन् दक्षिण कोरियाका केपी सिटौला । उनी एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका थिए । तर, उनले रातारात पैसाको चलखेल गरेर आफ्ना समर्थनको वास्तानै नगरी चर्को रकम बुझेर अर्का क्षेत्रीय संयोजकका उम्मेदवार ओम गुरुङलाई समर्थन गरे ।

विहानै एनआरएन एसिया प्यासिफिक संयोजकमा जापानका गुरुङलाई समर्थन गर्दै कोरियाका सिटौलाले आपनो उम्मेदवारी फिर्ता लिएपछि सिटौलाका समर्थक रुष्ट बनेका छन् । सिटौलाले गुरुङलाई समर्थन जनाएका भएपनि सिटौलासँग रुष्ट भएका सबैले क्षेत्रीय संयोजकका अर्का उम्मेदवार रोविन्द श्रेष्ठ (गोविन्द)लाई मतदान गर्ने भएका छन् ।

सिटौलाले पैसाको चलखेल गर्न सक्ने भन्दै कोरियाका एनआरएनहरु पहिलादेखि नै सर्तक थिए । अन्तत उनले आफ्नो असलीरुप देखाएर नै छोडे ।
एसिया प्याशिफिक संयोजक उम्मेदवार श्रेष्ठलाई सिटौलाको चलखेलले झन फाइदा पुग्ने एनआरएनहरुको भनाई छ । श्रेष्ठले एसियामा आफु साझा उम्मेदवार रहेको भन्दै आफनो जीत सुनिश्चित रहेको बताएका छन् । अघिल्लो कार्यकालमा नै जीत नजिक पुगेका श्रेष्ठ आउने कार्यकालका लागि अब्बल सावित पनि भइसकेका छन् ।

सामाजिक कार्यमा निकै सक्रिय रहेका श्रेष्ठलाई एसियाका सबै जसो एनसिसीको पूर्ण समर्थन रहेको बुझिएको छ । एसिया प्यासिफिकका देश दौडाहा गरिसकेका श्रेष्ठले आफनो प्रमुख एजेन्डा एनआरएनलाई संस्थागत गर्न र एसियाभित्र रहेका गैर आवासीय नेपालीका समस्या समाधानको लागि पहल कदमी नै भएको बताएका छन् ।

एसियाभित्र सबैभन्दा बढि गैर आवासीय नेपाली रहेको मलेसियामा कार्यरत नेपाली श्रमीकहरुको हक हित र समस्या समाधानमा आफू केन्द्रित हुने श्रेष्ठको भनाई छ । विशेष गरि वैदेशेकि रोजगारीलाई ब्यवस्थित गर्नु नै अहिलेको मुख्य दायित्व रहेको भन्दै श्रेष्ठले संस्थाको लागि योगदान गरेको र काम गर्न सक्ने योग्य ब्यक्ती आवश्यक भएकोमा समेत जोड दिए ।

श्रेष्ठले एसिया क्षेत्रभित्र जेलमा रहेका नेपालीको अवस्था बुझेर स्वदेश फिर्ता पठाउन पहल गर्ने, श्रमीकको सवालमा सशक्त आवाज उठाउने, नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल बनाउन सघाउने, आइसिसीले अख्तियार गर्ने हरेक नीति तथा कार्यक्रमलाई सफल बनाउन लागिपर्नेलगायतका आफना एजेन्डा प्रस्तुत गरेका छन् ।

प्रकाशित समय १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु