1100×100 Nabil Advert

सगरमाथा इन्स्योरेन्सका ग्राहकले एनआईसी एसियाको डिजिटल च्यानलमार्फत् प्रिमियम भुक्तानी गर्नसक्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् बीमा प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् । हालैमात्र एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सो सम्झौता भएको हो । सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशियाको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सगरमाथा इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै ग्राहकले छिटो–छरितो रुपमा आफूलाई पायक पर्ने स्थानबाटै डिजिटल माध्यमबाट इन्स्योरेन्सको प्रिमियम रकम विश्वसनीय र पारदर्शीरुपमा भुक्तानी गर्न सक्नेछन् । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा एनआईसी एसिया बैंकका मुलुकभर २९६ शाखा कार्यालयहरु, ३४१ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रकाशित समय २२:५० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु