मुक्तिनाथ विकास बैंक ठमेलमा
मुक्तिनाथ विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा विस्तार गरेको छ । देशको सबै स्थानहरुमा आफ्नो बैंकको शाखा बिस्तार गर्दै बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्ने क्रममा काठमाडौं महानगरपालिका–१६ स्थित ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो शाखा कार्यालयको गद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिए । उनले भने– सहज रुपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । मुक्तिनाथ विकास बैंकले समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौं उपत्यकाभित्र ठमेल लगायत महाराजगञ्ज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी र भक्तपुरको कमलविनायक गरी १३ शाखाहरु सञ्चालनमा छन् भने कुपण्डोल, इमाडोल, भैसेपाटी, ठिमी, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट शयाथक्य छिटो सेवा सञ्चालनको तयारीमा बंैक रहेको जनाएको छ ।
प्रकाशित समय ०९:१५ बजे



















