1100×100 Nabil Advert

नबिल बैंकले ल्यायो भिसाकार्ड प्रबद्र्धनात्मक योजना

निजी क्षेत्रबाट सञ्चालित र खुद आम्दानीका हिसाबले सधैंजसो नम्बर एकमा पर्न सफल नबिल बैंक लिमिटेडले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रबद्र्धनात्मक अभियानको सञ्चालन गर्दै आएकोमा सो अभियानमा केही परिवर्तन गरेको जनाएको छ । नगद फिर्ता योजनाअन्तर्गत ल्याइएको सो योजनाअन्तर्गत कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट-क्रेडिट-प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पिओएस मार्फत् कार्डबाट प्रत्येक पटक सफल कारोबार गरेपश्चात कारोबार रकमको १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँ फिर्ता पाउनेछन् । नबिल बैंक भिसाकार्ड वाहक (डेविट-क्रेडिट-प्रिपेड) ग्राहकहरुलेनेपाल भित्रका इ–कमर्स साइट मार्फत् कार्डबाट प्रत्येक पटक सफल कारोबार गरेपश्चात कारोवार रकमको २० प्रतिशत वा अधिकतम ६ सय फिर्ता पाउनेछन् । यो योजना भाद्र १६ गतेदेखि लागू भई १५ दिन भाद्र ३० गतेसम्म कायम रहने बैंकले जनाएको छ । ‘यस योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्डमार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहाँहरुलाई पिओएस तथा इकमर्सको लागि कार्डको प्रयोग बढीभन्दा बढी गर्न र विद्युतीय कारोवारलाई सजिलोसँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ । साथै यस अभियानले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतीय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।
नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै एटिएम, पोइन्ट अफ सेल्स र इलेक्ट्रोनिक पेमेण्ट गेट वे नेटवर्क मार्फत कार्डको कारोवार गर्दै आएको छ ।
नबिल बैंक नयाँ प्रविधिलाई ग्रहण गर्न तथा नयाँ सेवा तथा योजनालाई अंगिकार गर्ने कार्यमा सधै अग्रपंक्तिमा रही आएको छ । ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ नामक नबिल भिसाकार्ड प्रवद्र्धनात्मक अभियानबाट यस नबिल बैंकका भिसाकार्ड वाहकहरु अधिक लाभान्वित हुनुहुनेछ भन्नेमा आफूहरु विश्वस्त रहेको नबिल बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीले जनाएका छन् ।

प्रकाशित समय ०९:४१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु