V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदलको संयोजकमा प्रा.डा. सूर्यराज आचार्य

काठमाडौं। विकास निर्माणको क्षेत्रमा देखिएका समस्याहरुलाई केलाएर त्यसलाई समाधान गर्ने उद्देश्यले एक कार्यदल बनेको छ । पूर्वाधार विकास प्रणाली सुधारबारे सुझाव दिनका लागि कार्यदल बनेको हो । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक बिज्ञहरू पूर्वाधार विकास प्रणाली सुधारबारे सुझाव कार्यदल गठन गर्नुभएको हो ।

 

कार्यदलमा सुनिलबाबु श्रेष्ठ, रामेश्वर खनाल, अरुणध्वज अधिकारी, कोमलराज पाण्डे, राजेन्द्रराज शर्मा, विरेन्द्र पाण्डे र रोजी प्रधानांग सदस्य रहनुभएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, योजना महाशाखा प्रमुख शिव नेपाल कार्यदलको सदस्य सचिव हुनुहुन्छ।

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010