1100×100 Nabil Advert

गृहपृष्ठ समाचार

सांस्कृतिक एवं भाषागत रूपमा जोडिन आवश्यक छ : परराष्ट्रमन्त्री साउद
सांस्कृतिक एवं भाषागत रूपमा जोडिन आवश्यक छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा उनले देश र परिवेश फरक भए पनि एकअर्कासँग हातेमालो गर्दै अगाडि नबढ्ने हो  ...more

भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प
भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ। भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १:११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ गते बझाङ  ...more

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध
पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

गोरखा । पहिरोले गोरखा-आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका-१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी  ...more

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन
सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन

फिक्कल (इलाम) । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका-२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहनुभएको छ ।  ...more

तातोपानी नाका आजबाट खुल्ने
तातोपानी नाका आजबाट खुल्ने

काठमाडौं । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण  ...more

आज काठमाडौंमा सार्वजनिक बिदा
आज काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो । महानगरपालिकाका अनुसार सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको  ...more