1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बारा जिल्लाको जीतपुरसिमरा स्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवन स्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराजस्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्धिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द्रपुरस्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले ह्वाइट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोशाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकूद सामग्रीहरु प्रदान गरेको छ ।

 

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ८ सयभन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित समय १९:२१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु