एसटीसी अटोले भित्र्यायो भारतकै टप ब्राण्ड एम्पीयर नेपालमा
काठमाडौं । भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्रान्ड एम्पीयर एसटीसी अटो शोलुसन प्रालिले नेपाल भित्र्याएको छ । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटरको आधिकारीक बिक्रेताको रुपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो शोलुसन प्रालिले ल्याएको हो ।
एसटीसी अटो शोलुसन प्रालिले एम्पीयरका दुई मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको छ । ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले बिगत १७ वर्षदेखि भारतमा विद्युतीय दुई पाँग्रे साधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सका उत्पादन एम्पीयर भारतमा टप ६ ब्रान्डको रुपमा बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो । एसटीसी अटो शोलुसन प्रालिले एम्पीयरका स्कुटरहरु हाई पर्फमेन्स भएका विश्व स्तरीय स्कुटरहरु नेक्सस र म्याग्नस निओ गरी दुई मोडलका स्कुटरको बिक्री शुरु गरेको छ ।
एम्पीयरका स्कुटहरुमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएका छन् । यी स्कुटरहरु अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अन्यन्तै तातो (६० डिग्री) मा परीक्षण भएका छन् । एम्पीयरमा प्रयोग भएका लिथियम फेरो फोस्फेट ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेका छन् । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी रहने छ । एम्पीयरका स्कुटहरुमा मजबुद च्यासीस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजीहरु प्रयोग भएका छन् ।

एम्पीयर मेग्नस निओ : एम्पीयर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिर्भस राइडिङ मोड उपलब्ध छ । यसको मूल्य ३ लाख रुपैयाँ कायम गरिएको छ ।
नेक्सस : नेक्ससमा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ । मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, यूएसबी चार्जर, केनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय १८:५१ बजे




















