अडियोनिक्स डिजिटल एलएलसीले संगीत वितरण र डिजिटल रोयल्टी व्यवस्थापनमा क्रान्ति ल्याउँदै
काठमाडौं । नेपाली गीत-संगीतकर्मीहरुले लामो समयदेखि भोग्दै आएको डिजिटल रोयल्टी व्यवस्थापनको समस्यालाई समाधान गर्ने उद्देश्यले अडियोनिक्स डिजिटल एलएलसी (Audioneix Digital LLC) ले स्थापना भएर तीव्ररुपमा आफ्नो कार्यलाई अगाडि बढाइरहेको छ । अडियोनिक्सले नेपाली र दक्षिण एसियाली कलाकारहरूका लागि संगीत वितरण र डिजिटल रोयल्टी व्यवस्थापनमा नयाँ क्रान्ति नै ल्याएको छ ।
आजको डिजिटल युगमा संगीत व्यवसाय केवल सिर्जनासम्म सीमित छैन- वितरण र डिजिटल रोयल्टी व्यवस्थापन नै संगीतकर्मीको जीवन र आम्दानीको मुख्य आधार बनेको छ । तर वर्षौंदेखि नेपाली कलाकार तथा संगीतकर्मीहरुलाई यो प्रणालीमा पुग्नु सजिलो थिएन । विश्वव्यापी प्लेटफर्ममा आफ्नो संगीत पुर्याउन उनीहरू विदेशी कम्पनीहरूमा निर्भर रहँदै आएका छन् । पारदर्शिता नहुने, अग्रिम शुल्क तिर्नुपर्ने र आफ्नो आम्दानीको स्पष्ट विवरण नपाउने जस्ता समस्याले दक्षिण एसियाली कलाकारहरूलाई पछाडि पार्दै आएको छ । अब भने, यो अवस्था बदलिँदै छ- अडियोनिक्स डिजिटल एलएलसी नामक कम्पनीले विशेषगरी नेपाली र दक्षिण एसियाली कलाकारहरूका लागि नै विशेषरूपमा तयार गरेको नयाँ डिजिटल वितरण र रोयल्टी व्यवस्थापन प्रणालीले संगीत उद्योगमा नयाँ युगको शुरुवात गरेको छ ।
नेपाली कलाकार तथा संगीतकर्मीहरूले सामना गरेका प्रमुख चुनौतीहरू :
अघिसम्म नेपाली कलाकार र अन्य दक्षिण एसियाली संगीतकर्मीहरूले स्पोर्टीफाई, एप्पल म्युजिक, अमाजन, डिजर वा युटुब म्युजिकजस्ता प्लेटफर्ममा गीत पठाउन विदेशी कम्पनीहरू जस्तै अम्युज, डिस्ट्रोकिड, ट्युनकोर आदिको सहारा लिनुपथ्र्यो । तर ती विदेशी कम्पनीहरूसँग काम गर्दा कलाकारहरूले तलका समस्याहरू भोग्दै आएका छन्–
– अग्रिम सदस्यता शुल्क वा अपलोड शुल्क तिर्नुपर्ने,
– सदस्यता शुल्क अन्तर्राष्ट्रिय कार्ड वा डलर कार्डमार्फत भुक्तानी गर्नुपर्ने भएकाले सबै नेपाली प्रयोगकर्तासम्म पहुँचयोग्य नहुने,
– आम्दानीबाट लुकेर काटिने कमीशन वा शुल्कहरू रहने,
– रोयल्टी र रिपोर्टिङमा पारदर्शिता नहुने,
– आम्दानी कहिले आउँछ भन्ने स्पष्ट नभएको,
– ग्राहक समर्थनमा भाषा र समयको समस्या,
– आफ्नो संगीत र आम्दानीमा नियन्त्रण गुमाउने स्थिति ।
यी सबै कारणले धेरै प्रतिभावान कलाकारहरू डिजिटल बजारमा प्रतिस्पर्धा गर्नुअघि नै निरुत्साहित हुने गर्थे ।
रोयल्टी के हो र किन महत्वपूर्ण छ ?
संगीतमा रोयल्टी भनेको कलाकारको आम्दानीको मेरुदण्ड हो । जब तपाईंको गीत स्पोर्टीफाई, एप्पल म्युजिक, अमाजन, डिजर वा युटुब म्युजिकजस्ता प्लेटफर्ममा बज्छ, डाउनलोड वा खरिद हुन्छ, त्यसबेला तपाईंलाई सानो रकम रोयल्टीको रुपमा प्रदान गरिन्छ ।
यी रोयल्टी समयसँगै जम्मा हुँदै जान्छन् र कलाकारको स्थायी आम्दानीको स्रोत बन्छन् ।
रोयल्टीका प्रमुख प्रकारहरूः
स्ट्रिमिङ रोयल्टी : तपाईंको गीत अनलाइन स्ट्रिम हुँदा स्रोताले सुनिदिंदा पाइने आम्दानी ।
डाउनलोड रोयल्टी : जब कसैले तपाईंको गीत डाउनलोड वा खरिद गर्छ ।
मेकानिकल रोयल्टी : तपाईंको गीत पुनः उत्पादन (जस्तै कभर, डिजिटल प्रतिलिपि) हुँदा पाइने रकम ।
फर्ममेन्स रोयल्टी : तपाईंको गीत रेडियो, टिभी वा लाइभ कार्यक्रममा बज्दा पाइने रकम ।
तर यदि कलाकारले यी सबै रेकर्ड र आम्दानी कहाँबाट आउँछ भन्ने जानकारी नै नहुने धेरै समस्या झेल्नुपर्ने देख्न सकिन्छ । त्यसैले रोयल्टीमा पारदर्शिता, नियन्त्रण र समयमै भुक्तानी अत्यावश्यक हुन्छ । यही आवश्यकता पूरा गर्न अडियोनिक्स डिजिटल एलएलसी स्थापना गरिएको हो ।
अडियोनिक्स डिजिटल एलएलसी- दक्षिण एसियाका लागि नेपाली टोलीको पहल
अडियोनिक्स डिजिटल एलएलसी एक डिजिटल वितरण र रोयल्टी व्यवस्थापन कम्पनी हो, जुन अनुभवी नेपाली टोलीले स्थापना गरेको हो र जसले १० वर्षभन्दा बढीको संगीत व्यवसाय अनुभव बोकेको छ ।
यो कम्पनीको मुख्य उद्देश्य हो- दक्षिण एसियाली कलाकारहरूलाई आफ्नो संगीत विश्वव्यापीस्तरमा पुर्याउन र आफ्नै आम्दानीमा नियन्त्रण राख्न सक्षम बनाउने । अडियोनिक्समार्फत कुनै पनि कलाकारले आफ्नो गीत वा एल्बमलाई स्पोर्टीफाई, एप्पल म्युजिक, अमाजन म्युिजक, डिजर वा युटुब म्युजिक, टाइडल, बुमप्ले, टिकटक साउण्डस् लगायतका २०० भन्दा बढी अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा निःशुल्क वितरण गर्न सक्छन् । सबैभन्दा महत्वपूर्ण कुरा अडियोनिक्समा कुनै अग्रिम शुल्क वा लुकेका लागतहरू छैनन् । रोयल्टी व्यवस्थापनमा पारदर्शिता र पूर्ण नियन्त्रण छ । अडियोनिक्सको प्रणाली पारदर्शिता र विश्वसनीयतामा आधारित छ । प्रत्येक कलाकारले आफ्नो व्यक्तिगत ड्यासबोर्ड (आर्टिष्ट ड्यासबोर्ड) पाउँछन् जहाँ उनीहरूले हेर्न सक्छन्ः
– गीत कुन देश, शहर वा प्लेटफर्ममा बज्दैछ भन्ने रियल–टाइम रिपोर्ट,
– स्ट्रिमिङ, डाउनलोड र बिक्री रिपोर्ट सहितको आम्दानी विवरण,
– इजि पेआउट सिस्टम जसले कलाकारको खातामा आम्दानी पठाउँछ,
– आफ्ना गीतहरूको क्याटलग र अधिकार व्यवस्थापनका लागि सहज उपकरणहरू ।
यसले कलाकारलाई आफ्नै मेहनतको फल प्रत्यक्षरूपमा देख्ने र बुझ्ने अवसर दिन्छ । अब उनीहरूलाई विदेशी कम्पनीमा भरोसा गरेर पर्खिरहनुपर्दैन- उनीहरूले आफैं आफ्नो रोयल्टी नियन्त्रित गर्न सक्छन् ।
दक्षिण एसियाली बजारमा विस्तार हुँदै गरेको अडियोनिक्स
स्थापना भएदेखि नै अडियोनिक्स डिजिटल एलएलसी दक्षिण एसियाली संगीत बजारमा तीव्र गतिमा अग्रसर हुँदै आएको छ । हालसम्म अडियोनिक्ससँग नेपाल, भारत, बंगलादेश, श्रीलंका र भुटानका १२०० भन्दा बढी कलाकारहरू जोडिएका छन्, जसले विभिन्न भाषा, शैली र साँस्कृतिक पृष्ठभूमिका संगीतहरू विश्व बजारमा पुर्याइरहेका छन् । लोक संगीतदेखि आधुनिक पप, शास्त्रीयदेखि हिप-हपसम्म, अडियोनिक्सले सम्पूर्ण दक्षिण एसियाली संगीतकर्मीहरूलाई एउटै डिजिटल छातामुनि ल्याउँदैछ ।
नेपाल र दक्षिण एसियाको लागि समर्पित कम्पनी किन आवश्यक छ ?
विश्वका धेरै वितरण कम्पनीहरू पश्चिमी बजारका लागि डिजाइन गरिएका छन् । उनीहरूको प्रणाली, मूल्य संरचना, र ग्राहक सेवा पश्चिमी देशहरूको आवश्यकतामा केन्द्रित हुन्छ । तर दक्षिण एसियाली कलाकारहरूको आवश्यकताहरू फरक छन्- यहाँ भाषिक विविधता, प्रविधि पहुँच र आर्थिक सन्दर्भ भिन्न छन् । त्यसैले अडियोनिक्सले निम्न बिशेषताहरूसहित आफ्नो सेवा सञ्चालन गर्छ :
– स्थानीय भाषा र समय अनुसारको ग्राहक सहायता,
– दक्षिण एसियाली भुक्तानी प्रणालीहरूमा उपयुक्त डिजिटल रोयल्टी ट्रान्सफर,
– निःशुल्क वा सस्तो वितरण सुविधा,
– स्थानीय बजार र दर्शकहरू बुझ्ने प्रमोशनल रणनीति,
– कलाकारमैत्री पारदर्शी रिपोर्टिङ प्रणाली ।
यसरी अडियोनिक्स केवल एक वितरण कम्पनी नभई- दक्षिण एसियाली कलाकारहरूको वास्तविक साझेदार बन्न पुगेको छ ।
भविष्यको दृष्टि : आत्मनिर्भर संगीत उद्योगतर्फ
अडियोनिक्सको दीर्घकालीन लक्ष्य भनेको यस्तो प्रणाली निर्माण गर्नु हो, जहाँ दक्षिण एसियाली कलाकारहरूले विदेशी कम्पनीमा निर्भर नहुने र आफ्नै देशबाट विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण तयार होस् । सस्तो शुल्क, विश्वसनीय प्रविधि र स्थानीय बुझाइका साथ अडियोनिक्स दक्षिण एसियाली संगीत उद्योगलाई आत्मनिर्भर बनाउने यात्रामा अघि बढिरहेको छ ।
“Your Music.Your Rights.Your Royalties” भन्ने नारा अन्तर्गत अडियोनिक्सले कलाकारलाई आफ्नै अधिकार र आम्दानीमा पूर्ण स्वामित्व दिने अभियान चलाइरहेको छ । आजै अडियोनिक्ससँग जडिनुहोस् । यदि तपाईं संगीतकार, निर्माता, वा रेकर्ड लेबल हुनुहुन्छ र आफ्नो संगीतलाई विश्वभरका दुई सयभन्दा बढी प्लेटफर्महरूमा प्रकाशन गर्न चाहनुहुन्छ भने र आफ्नो रोयल्टी पारदर्शीरूपमा ट्रयाक गर्न, अधिकारमा नियन्त्रण राख्न र दक्षिण एसियाली सन्दर्भ बुझ्ने कम्पनीसँग काम गर्न चाहनुहुन्छ भने आजै www.audioneix.com मा गएर सदस्य बन्नुहोस् र १२०० भन्दा बढी कलाकारहरूको समुदायसँग जोडिनुहोस् । अडियोनिक्स डिजिटल एलएलसी- ‘तपाईंको संगीत, तपाईंको अधिकार, तपाईंको आम्दानी ।’
प्रकाशित समय १०:४७ बजे





















