1100×100 Nabil Advert

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सद्वारा आइपीओ निष्काशनका लागि लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १००/- अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रुपैयाँ रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फवाट प्रबन्ध संचालक रमेशकुमार भट्टराई तथा सनराइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नयाँ बानेश्वरमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता भएको छ ।

 

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार पाँच वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ शेयरको अंकित मूल्य भन्दा बढी रहेको छ । कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा वीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह हुनुहुन्छ । सम्झौता समारोहमा कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २१:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु