हिमालयन बैंकको नयाँ शाखा बालुवाटारमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल– २ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार, काठमाडौं बाट बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गर्नुभएको छ ।
बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पीओएस ट्रमिनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १४:०९ बजे





















