1100×100 Nabil Advert

युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद बैठकमा नेपाललाई प्रतिनिधित्व गर्दै स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले हालसालै सम्पन्न युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाली क्षेत्रलाई प्रतिनिधित्व गर्दै बैठकमा भाग लिनु भएको थियो । यस प्रतिष्ठित मञ्चले एशिया–प्रशान्त क्षेत्रका बैंकिङ तथा वित्तीय उद्योगका नेतृत्वलाई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यबारे छलफल गर्न एकसाथ ल्याएको छ ।
बैठकमा उहाँले अझ गहिरो क्षेत्रीय सहकार्य र पेमेन्ट सिस्टमहरू उच्च अन्तर–सञ्चालन क्षमताको हुनु पर्ने पक्षमा दृढ वकालत गर्नुभएको थियो । उक्त बैठकमा उहाँले सुरक्षित, समावेशी र अन्तरसञ्चालनशीलता भुक्तानी प्रणाली निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिनुभएको थियो । साथै, उच्च–स्तरीय प्यानल छलफलमा उहाँ सँगै अन्य बैंक, वित्तीय संस्था तथा फिनटेक कम्पनीहरू, जस्तै कमनओयल्थ बैंक या अस्ट्रेलिया, डीबीएस बैंक लिमिटेड, इनस्ट्रीटीयुट अफ इन्टरनेस्नल फाइनान्स आदिका प्रतिनिधिहरूसँग प्रमुख वक्ताको रूपमा सहभागी भई उहाँले अहिलेको उदाउँदो भुक्तानी प्रवृत्ति, सहकार्यका अवसर, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी विकासबारे आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो ।
यसका अतिरिक्त, श्री घिमिरे पीसीआई सेक्युरिटी स्टान्र्डर काउन्सील क्षेत्रीय बोर्डजस्ता अन्य महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि एससीटीलाई प्रतिनिधित्व गर्दै आउनुभएको छ । यस्ता भूमिकामा उहाँको सक्रिय सहभागिताले नेपालमा मात्र नभई क्षेत्रीय स्तरमै डिजिटल भुक्तानी क्षेत्रलाई आकार दिन एससीटीको नेतृत्व बढिरहेको स्पष्ट देखाउँछ । यसले नेपालभित्र तथा बाहिर नवप्रवर्तन, सहकार्य, र दीगो वृद्धिमा एससीटीको दृढ प्रतिबद्धता पुनः पुष्टि गर्दछ ।

प्रकाशित समय २०:५१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु