महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट दिएको छ । मनकामना दर्शन प्रालि कुरिनटार, चितवनले केवलकार टिकट खरिदमा १० प्रतिशत, समाज डेण्टल हस्पिटल वानेश्वर, काठमाडौंमा एक्सरे र फार्मेसी बाहेकका सेवाहरुमा १५ प्रतिशत, मंगलम डाईगोनोस्टीक सेन्टर विरगंञ्ज, पर्सामा प्याथोलोजी सेवामा १० प्रतिशत, होटल क्वीकमा २० प्रतिशत, रिभर साईड जितपुर, सिमरामा खाना, आवास तथा पेय पदार्थमा ५ प्रतिशत, नाई न्यू होम डेकोर नयाँबरजार, काठमाडौंमा कार्पेट तथा फ्लोरिङ्गसका सामाग्रीहरुमा २० प्रतिशतसम्म छुट, शुभ काठमाडौं टायर सेन्टर ढुंगेधारा, काठमाडौंमा एम, आर, एफ ब्राण्डका टायरहरुमा १० प्रतिशतसम्म छुट दिएको छ यता कुलेखानी भिलेज रिर्सोट प्राली कुलेखानी मकवानपुरमा कोठा शुल्कमा १० प्रतिशतसम्म छुट दिएको छ भने रिगल हेटौंडा रिर्सोट प्रालीले हेटौंडा–५ मकवानपुरमा खाना, आवास तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिएको छ र कविलास रिर्सोट एण्ड फनपार्क भरतपुर, चितवनले खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशतसम्म छट दिएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
प्रकाशित समय १४:१६ बजे




















