तीन दिनमै नाडा अटो शोमा ७८ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा जारी नाडा अटो शो २०२५ मा तीन दिनमै ७८ हजार ५ सय १३ जना अवलोकनकर्ताले अवलोकन गरेका छन् । सर्वसाधारणको उत्साहजनक सहभागिताले आयोजक निकै खुशी भएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भनेको छ- तीन दिनकै अवलोककर्ताहरुको तथ्यांकले नेपाली जनतामा अटो शोप्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्टरूपमा प्रकट गर्दछ, आर्थिक चुनौती र कठिनाइबीच पनि।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भने- अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।
यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । नाडा अटो शो अब केवल प्रदर्शनीमात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य-तयारीको राष्ट्रिय उत्सव हो ।
प्रकाशित समय २०:५१ बजे





















