1100×100 Nabil Advert

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

 

यस बैंकका ग्राहकहरुले परामर्श ओपीडी, इमरजेन्सी ओपीडी, जेनेरल बेड, हस्पिटल एडमिट, क्याबिन पर डे, हस्पिटल एडमिट आइसीयु बेड पर डे, एनआइसीयु बेड पर डे, पोष्ट अपरेटिभ रुम पर डे, जेनेरल सर्जरी अर्थोपेडिक, ल्यापरास्कोपिक सर्जरी, प्याथोलोजी टेष्ट, भिडियो एक्स–रे, एक्स–रे, इसीजी, इसीएचओ, इण्डोष्कोपी, मेडिसिन जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।

 

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय १६:४७ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु