1100×100 Nabil Advert

मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन

पर्सा । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो ।

 

उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताउनुभयो । कार्यालयले सोही अवधिमा रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै रु ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म रु एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।

प्रकाशित समय ०९:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु