स्मार्ट च्वाईस टेक्नोलोजिज र सालपा विकास बैंक बिच एससीटी-युपीआइ कार्डको सम्झौता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंक लिमिटेडबिच एससीटी-युपीआइ कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
स्मार्ट च्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात सालपा विकास बैंकका ग्राहकका लागि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको छ र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी-युपीआइ कार्ड लिन सक्ने प्रयत्न गरिएको छ ।
प्रकाशित समय १०:३८ बजे



















