1100×100 Nabil Advert

हिमालयन बैंकको शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन-स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो सँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट २०८२ साल बैशाख १४ गते देखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

 

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गर्नुभएको छ । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १५:५५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु