स्मार्टच्वाइस टेक्नोलोजिज सुरक्षित र अद्यावधिक संस्करण
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड पेमेन्ट कार्ड इण्डष्ट्रि-डाटा सेक्युरिटी स्ट्याण्डर्डस् प्रमाणित भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले हालसालै सो प्रमाणीकरण प्राप्त गरेको छ, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । सो प्रमाणीकरण एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्ड अन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनाधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ ।
कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआई डीएसएसजस्तो प्रमाणिकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षा अनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ । स्मार्टस्वाइस जस्तो संस्थाले यस्तो प्रमाणीकरण प्राप्त गर्नु ग्राहकहरूको विश्वास जित्न, डिजिटल भुक्तानी सेवामा पारदर्शिता ल्याउन तथा साइबर जोखिमहरू न्यून पार्न अत्यन्त प्रभावकारी हुन्छ । पीसीआई डीडीएस 4.0.1 को पालना गर्नुले स्मार्टच्वाइस टोक्नोलोजिजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित डिजिटल भुक्तानी पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सक्षम बनाउँछ, जसले कम्पनीको दीर्घकालीन विकास र विश्वसनीयता थप सुदृढ बनाउँछ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई-डीएसएस जस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरे अनुरुप यस संस्था पीसीआई-डीएसएस प्रमाणित हँुदै आइरहेको छ ।
प्रकाशित समय २१:१८ बजे





















