V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

नाइमाद्वारा साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) आगामी साउनमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गर्ने घोषणा गरेको छ । आज नाइमाको औपचारिक शुभारम्भ कार्यक्रममा सो घोषणा गरिएको हो ।

 

संस्थाको अध्यक्ष रितु सिंह वैद्यले नाइमाले नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रको साझा आवाजको रूपमा प्रस्तुत गर्दै नीतिगत वकालत, नवप्रवर्तन प्रवद्र्धन, पूर्वाधार सुदृढीकरण र उपभोक्ता सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्ने बताइन् । सबैका लागि मोबिलिटी समाधान, सुरक्षा तथा पूर्वाधार सुदृढीकरण, नीति तथा नियमनको वकालत, जनशक्ति विकास र उद्योगका उत्कृष्ट अभ्यास र उपभोक्ता सशक्तीकरण तथा साझा मोबिलिटी नाइमाको भावी योजनालाई मार्गदर्शन गर्ने पाँच आधारभूत स्तम्भहरू भएको पनि वैद्यले बताइन् ।

 

नाइमाकी अध्यक्ष वैद्यले भनिन्- ‘एनएआईएमएको मिसन रणनीतिक वकालत, नवीनता समर्थनमार्फत प्रगति ड्राइभिङमा केन्द्रित छ । संघले ‘सबैका लागि गतिशीलता’ सक्षम गर्ने अटोमोटिभ इकोसिस्टमलाई आकार दिन सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजसँग काम गर्दै परिवर्तनको उत्प्रेरक बन्ने लक्ष्य राखेको छ ।’

 

नाइमाले नेपाल एक्स्पो २०२५ को घोषणा गर्दै साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने बताएको छ । नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलोकनकर्तालाई फाइदाजनक हुने बताइएको छ । नाइमाले गौरव सारडालाई नेपाल मोबिलिटी एक्स्पो २०२५ को संयोजक तोकेको छ । एक्स्पो संयोजक सारडाले मोबिलिटी एक्स्पो २०२५ को लोगो समेत अनावरण गरे । नाईमा सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा रहेका छन् ।

प्रकाशित समय २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010