अर्द्धवार्षिक समीक्षा गर्दै सरकारले घटायो बजेटको आकार (पूर्णपाठसहित)
काठमाडौं । सरकारले अर्द्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । चालू आर्थिक वर्षको बजेट घोषणा गर्दा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको ल्याएका भए पनि अहिले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । उक्त रकममध्ये चालू खर्चतर्फ १० खर्ब २९ अर्ब ३० करोड, पुँजीगततर्फ २ खर्ब ९९ अर्ब ५० करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६३ अर्ब ६३ करोड रहेको छ ।
पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थातर्फ बढी रहेको बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न मुश्किल हुने देखिएको छ । अर्थ मन्त्रालयले गरेको अर्द्धवार्षिक समीक्षाको पूर्णपाठ हेरौं ।
प्रकाशित समय १९:३९ बजे





















