1100×100 Nabil Advert

राससकर्मी आङ्देम्बेसहित तीन पत्रकार पुरस्कृत

झापा ।  राष्ट्रिय समाचार समिति (रासस)का दमक समाचारदाता यज्ञराज आङ्देम्बेसहित तीन पत्रकार सम्मानित हुनुभएको छ ।

आज विर्तामोडमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको साताैँ अधिवेशन तथा स्मारिका विमोचन कार्यक्रममा स्व डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट आङ्देम्बे नगद रु २५ हजार राशिसहित पुरस्कृत हुनुभएको हो ।

फोनिजले यस वर्षको उदीयमान पत्रकारिता पुरस्कार सूर्योदय टेलिभिजनका पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकमका पत्रकार सजन राईलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । उहाँहरूलाई फोनिजका उपाध्यक्ष कमन देवानले नगद, दोसला र सम्मानपत्रले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायत वक्ताले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्न नहुने बताउनुभएको थियो । कार्यक्रममा फोनिजका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित समय २०:५० बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु