1100×100 Nabil Advert

‘कूटनीतिमा अनुभव र सीप चाहिन्छ’

काठमाडौँ, १९ माघः प्रधानता मिडियाद्वारा आयोजित नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिको लागि कुटनैतिक पहल विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौँ ।  पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिनुभएको छ । प्रधानता मिडियाद्वारा आज यहाँ आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उहाँले परराष्ट्रनीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राख्नुभयो ।

पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “देशको परराष्ट्र नीति परिवर्तन हुँदैन तर कार्यान्वयन गर्ने क्रममा विधि र प्रक्रिया भने परिवर्तन हुन सक्छ । कूटनीतिमा अनुभव र सीप चाहिन्छ, त्यो नै महत्वपूर्ण विषय हो ।”

पछिल्ला वर्षमा कूटनीतिमा संस्थागत स्मरण शक्ति कमजोर भएको आरोप लगाउँदै उहाँले परराष्ट्र नीति देशको हुने भएकाले हाम्रो सामर्थ्यलाई बढाएर लैजानुपर्ने खाँचो औँल्याउनुभयो । पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पाण्डेले भन्नुभयो, “पहिचान भनेको इतिहास, धर्म, संस्कृति र सोच हो, ती जोगाउनुपर्ने विषय हुन् ।”

प्रकाशित समय १८:२४ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु