कालीगण्डकी नदीमा मोटरेवल पुल सञ्चालन भएसँगै यात्रा गर्न धेरै सहज
बागलुङ । कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएका छन् । जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उहाँले सुनाउनुभयो ।
प्रकाशित समय १२:०३ बजे




















