1100×100 Nabil Advert

‘आइएमई पे’ डिजिटल दशैं तिहार २०८१ योजना सार्वजनिक

काठमाडौं । नेपालीहरुको महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा आइएमई पेले ‘आइएमई पे’ डिजिटल दशैं तिहार २०८१ योजना सार्वजनिक गरेको छ । असोज १७ गते देखि कार्तिक २२ गते सम्म लागू हुने यस योजना अन्तर्गत सेवाग्राहिहरुले आइएमई पे मार्फत गर्ने कारोवारहरुमा १ मेगा बम्पर उपहार, ५ बम्पर उपहार, १० साप्ताहिक उपहार र ३६ दैनिक उपहारहरु जित्न सक्नेछन् ।

मेगा बम्परमा पल्सरको एन एस २०० बाइक, बम्परमा आइफोन १६, फ्रिज, वाशिङ मेशिन, टिभी, वान प्लस प्याड, साप्ताहिकमा सिएमएफको वाच प्रो २ र दैनिकमा अल्टिमाको इयरबड्स पुरस्कारहरु रहेको छ । साथै सेवाग्राहीहरुले आफ्नो आइएमई पे एपमा कुनै पनि बैंकको खाता लिंक गरेको खण्डमा यी पुरस्कारहरु जित्ने डबल मौका पनि पाउनेछन् । डिजिटल भुक्तानी सुविधालाई ग्राहकहरू माझ अझ बढावा दिन योजनालाई थप परिस्कृत गर्दै आइएमई पे मार्फत गरिने बिभिन्न भुक्तानीमा पनि पुरस्कारहरू प्रदान गरिनेछ ।

पुरस्कारहरुको विजेताहरु घोषणा आइएमई पेको सामाजिक संजाल मार्फत हुनेछ । दैनिक तथा साप्ताहिक पुरस्कार बाहेकको सम्पूर्ण विजेताहरुले अभियान अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नुहुनेछ । पुरस्कारको लागि योग्य हुन प्रयोगकर्ताहरुले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने हुनेछ । यस अभियान सम्बन्धि विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेबपेजमा उपलब्ध हुनेछ । यस अभियान सम्बन्धी अन्य जानकारी लिन तथा आइएमई पेको सामाजिक संजालमा चलिरहेको ह्यासट्याग अभियान मार्फत अतिरिक्त पुरस्कारहरु जित्नको लागि आइएमई पेको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजमा जान सकिन्छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित ‘आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रकाशित समय १४:०४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु