1100×100 Nabil Advert

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाईरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गर्दै आएको छ भने ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।  जस अन्तर्गत बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवद्र्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केहिदिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउपालिका १ र २ का बाढी पहिरो पिडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यसलगायत बैंकका विभिन्न शाखा कार्यालयहरुको माध्यमबाट स्थानिय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको छ ।

यसैगरी बैंकले २४औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु संचालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गतेसम्मको अवधीमा यस बैंकको मोबाइल बैंकिङ्ग माछापुच्छ्रे बैंक लिमिटेड एम स्माट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरुलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्र्तगत बैंकको डेबिट कार्ड लिने ग्राहकहरुले कार्ड लिंदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ । बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधीको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गरिरहेको छ । साथै बैंकले मोबाइल बैंकिङ्ग माछापुच्छ्रे बैंक लिमिटेड एम स्माट एप सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशत सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।

देशका हरेक वर्ग र क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यका साथ १६५ शाखा कार्यालयहरु २०१ एटिएम, १११ शाखारहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउण्टर मार्फत १६ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरूमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै, सामाजिक उत्तरदायित्वका अभियानहरूलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित समय १३:४६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु