1100×100 Nabil Advert

नेपाल एसबिआई बैंकद्वारा विराटनगर महानगरलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले स्वच्छ तथा हरियाली वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले बरगाछी-रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी-रानी ६ लेन सडकमा बृक्षरोपण कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले बिराटनगर महानगरपालिकाका मेयर, नागेश कोइरालालाई औपचारिकरुपमा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा महानगरपालिकाका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले दीगो विकास तथा वातावरण संरक्षण गर्ने उद्देश्यले यस्ता गतिविधिहरू समय-समयमा सञ्चालन गर्दै आएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय १९:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु