कुन-कुन ब्राण्डका गाडी प्रदर्शनीमा राखिएको छ ? (फोटो फिचर)
काठमाडौं । आज नाडा अटो शो २०२४ को तेस्रो दिन । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने नाडा अटो शोको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए । पहिलो र दोस्रो दिनमा विभिन्न ब्राण्डका थुप्रै गाडीहरुको बुकिङ भएको आयोजकले जनाएका छन् ।

नाडा अटो शोमा विभिन्न ५५ ब्रान्डका दुई र चार पांगे्र सवारी साधनहरु प्रदर्शनीमा छन् । विशेषगरी नाडामा इभी गाडीको वर्चश्व देखिन्छ । नाडा अटो शोका संयोजक अनुपकुमार बरालका अनुसार प्रदर्शनीमा २४ ब्रान्डका चार पांग्रे, १९ ब्रान्डका दुई पांग्र्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी राखिएका छन् । टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण लगायत ३३ कम्पनी अटो शोमा सहभागी छन् । यस्तै ७ बैंक तथा वित्तीय संस्थाका स्टल छन् ।

अटो शोमा नामी, जेइकु, एक्सपेङ, अवतार, लिपमोटर, केई, जिकर र बिएडब्लु, अवतार ११, जेइकुको जे-६, दिपल एल०७, टाटाको पन्च डट ईभी, नेटा एक्स र रिडारा, स्काइवेल बीई११, ई-क्युट०४’, ‘ई-क्युट०२’, एक्सपेङ, जिकर एक्स, लिप मोटर, ब्रम्बी ह्याचब्याक, बीवाइडीको सिलायन-०७ लगायत रहेका छन् ।
प्रकाशित समय ०९:११ बजे





















