1100×100 Nabil Advert

नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवाको व्यबस्था 

काठमाडौं । नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाएको छ । यस अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय एक्टीभ गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ ।
सेवाग्राहीले स्टार चौध-पन्ध्र स्टार सात ह्यास डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए-नभएको यकिन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरुले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ । भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड स्टार चौध-पन्ध्र स्टार सात ह्यास डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ । नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहींबाट पनि यो सेवा एक्टिभ गर्नको लागि रोमिङ डट सर्पोट एड द रेट एनटीसी डट नेट डट एनपीमा इमेल मार्फत अनुरोध गर्न सकिन्छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत् हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ । सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन् । यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ । अब कम्पनीका सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भए पश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।

प्रकाशित समय १८:३३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु