1100×100 Nabil Advert

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर–काठमाडौं र कौशलटार-भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग इकाईहरु मार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय १८:२० बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु