MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

सांसद डा. सुनिल शर्माद्वारा बाल अस्पताललाई २० लाख आर्थिक सहयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ ।

शर्माले आज हेपाली हाइटमा रहेको डा.भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच)मा पुगेर सो सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा.कोइरालाले आफैं गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताउनुभयो ।

डा.कोइराला अध्यक्ष रहेको (कियोच)ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा शुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौंमा एक सय शैय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शैय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले जानकारी दिनुभयो ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु