MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

अदालतहरुमा नेपाल टेलिकमले दूरसञ्चार सेवा उपलब्ध गराउने

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता सम्पन्न भएको हो ।

सो सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार नेपाल टेलिकमले सम्झौता पत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा इन्टरनेट सेवाका साथै एफटीटीएच सेवा टीवाईएफ एसएमएस अल्टर सर्भिस र फुल एसएमएस सर्भिस सर्ट कोड उपलब्ध गराउनेछ । हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुनेछ ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु