1100×100 Nabil Advert

प्रभु बैंकको सहकार्यमा बागलुङ नगरपालिकामा ‘नगरकी छोरी’ कार्यक्रमको शुरुवात

काठमााडौं । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको उन्मुलन तथा छोरीहरुलाई सामाजिक एवं आर्थिकरुपमा विशेष संरक्षण प्रदान गर्ने गरी छोरीहरुलाई शिक्षित र स्वावलम्बन बनाउने प्रमुख लक्ष्यका साथ प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाको विशेष योजनाअन्तर्गत ‘नगरकी छोरी’ कार्यक्रमको शुभारम्भ भएको छ । बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत हरिदत्त कँडेल र प्रभु बैंकका तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । बागलुङ नगरपालिका वडा नं. २ की अदिती क्षेत्रीको नाममा एक मुद्दती खाता खोली ‘नगरकी छोरी’ कार्यक्रमको शुभारम्भ गरिएको हो ।

‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता बमोजिम २०८० आषाढ १ गतेपश्चात् बागलुङ नगरपालिकाको क्षेत्रभित्र जन्मिएका प्रत्येक छोरीको नाममा २० वर्षको अवधिको लागि एक मुद्दती खाता खोलिने छ । बागलुङ नगरपालिकाको सिफारिशका आधारमा प्रभु बैंकको शाखा कार्यालयमा खोलिने उक्त मुद्दती खातामा बागलुङ नगरपालिकाको तर्फबाट एकमुष्ट ५ हजार रुपैयाँ जम्मा गरिनेछ र प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ । यसरी खाता खोलिएका छोरीको खातामा अभिभावकहरुले इच्छानुसार थप रकम जम्मा गर्न पाउनेछन् र २० वर्षको अवधि समाप्त भएपश्चात् सम्बन्धित व्यक्ति छोरीले उक्त खातामा जम्मा भएको रकम झिक्न पाउने कार्यविधि बनाई सञ्चालनमा ल्याइएको हो ।

प्रभु बैंकसँगको सहकार्यमा बागलुङ नगरपालिकाद्वारा शुभारम्भ गरिएको ‘नगरकी छोरी’ कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको सामाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ति हुने विश्वाससहित सो कार्यक्रम शुरुवात गरिएको जनाइएको छ ।

प्रकाशित समय ०९:०१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु