1100×100 Nabil Advert

सुन तस्करलाई गृहमन्त्री रविले कारवाही गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिह कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री लामिछानेमार्फत आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औंल्याएका सिफारिश कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उहाँले प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालको निर्देशनपछि उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

अब तस्करहरुलाई कारवाही गर्ने कि नगर्ने भन्ने कुरा गृहमन्त्री रवि लामिछानेको हातमा पुगेको छ । प्रधानमन्त्रीले निर्देशन दिइसकेपछि सुन तस्करहरुलाई कारवाही गरेर देशमा विधिको शासन कायम गर्ने कार्यको थालनी भएको सन्देश दिन्छन् कि तस्करहरुलाई बचाउँछन्, त्यो हेर्न केही समय कुर्नैपर्ने भएको छ ।

प्रकाशित समय १२:३१ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु