1100×100 Nabil Advert

विश्व बैंकको फ्रेमवर्कमा नेपालको १६औं योजनाको तादात्म्यता मिलाउन उपाध्यक्षलाई आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् ।  हदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औं विकास योजनाबीच कसरी तादात्म्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औं योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रित हुने बताए ।

उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औं योजनाले विशेष ध्यान दिने बताए । विश्व बैंकलगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवादसमेत दिए ।

प्रकाशित समय ०९:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु