1100×100 Nabil Advert

एनआईसी एशिया बैंकले ब्याजदर घटायो

काठमाडौं । एनआईसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न खाताको ब्याजदर घटाएको जानकारी दिएको छ ।

बैंकले पुस महिनामा ८.६७ प्रतिशत रहेको व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर माघ १ गतेदेखि ८.०६५ प्रतिशतमा झार्ने बताएको छ । बैंकले आफ्नो ब्याजदर ०.६०५ प्रतिशतविन्दु घटाएको हो ।

त्यस्तै, संस्थागत निक्षेपमा बैंकको अधिकतम ब्याजदर ६.०६५ प्रतिशत रहने जनाएको छ । पुस महिनामा यो ब्याजदर ६.६७ प्रतिशत रहेको थियो । बैंकको ब्याजदर अनुसार, साधारण बचत खातामा न्यूनतम ४.४५५ प्रतिशत प्रदान गर्ने भएको छ ।

प्रकाशित समय १०:५६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु