1100×100 Nabil Advert

धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति विरुद्ध प्रदर्शन

काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाको उपत्यका ब्युरोले त्यसको सुधारका लागि दबाबस्वरूप प्रदर्शन गरेको बताएको छ ।

काठमाडौंमा धितोपत्रबोर्ड कार्यालय अगाडि विप्लवका कार्यकर्ताले विभिन्न नारा लेखेको प्लेकार्डसहित नाराबाजी गरेका थिए । प्रदर्शनमा उनीहरूले ‘सार्वजनिक पदको नियुक्ति पारदर्शी गर’, ‘पुँजीबजार शुद्धीकरण गर’, ‘धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति पारदर्शी गर’, ‘वित्तीय एकाधिकार अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।

नेकपाका कार्यकर्ता अमित शर्माले २० बुँदामा धितोपत्र बोर्डले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै पत्र पढेका थिए । उक्त पत्रमा बोर्डले कुनै समूहलाई फाईदा पुग्नेगरी नीति अबलम्बन गरेको, एउटै व्यक्तिले नियमन निकायको प्रमुख बनेर काम गरेको तथा बजार नियमन गर्ने निजी कम्पनी सञ्चालन गर्ने गरेको उल्लेख छ । त्यस्तै धितोपत्र सार्वजनिक निष्कासन तथा विक्री अनुमति विधि र प्रकृया निर्धारण गर्ने कार्यमा ठूलो चलखेल गरेको, लगानीकर्ताको हित सुरक्षण गर्न नसकेकोलगायतका विविध २० बूँदामा असन्तुष्टि जनाएका छन् ।

 

प्रकाशित समय १५:१७ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु