एभरेष्ट बैंक र एएसजी आइ केयरबीच विशेष छुटको सम्झौता
काठमाडौं । एभरेष्ट बैंक र एएसजी आइ केयर हेल्थ सर्भिस प्राइभेट लिमिटेडले बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत सर्जरी प्रोसिडियुस माइनर इनभेष्टीकेशन अप्टीकल्समा १० ५ अप्टीकल्ससम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिन भित्रको फलोअप समेत निशुल्क हुनेछ । सो समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक संजिब कुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।
प्रकाशित समय १७:४७ बजे





















